इक्यान निर्वाचनमा कोषाध्यक्ष पदका लागि साधना पुडासैनीको उम्मेदवारी घोषणा

khabarday.com

काठमाडौं — नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि साधना पुडासैनीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

शैक्षिक परामर्श क्षेत्रको संस्थागत विकास, पारदर्शी आर्थिक व्यवस्थापन तथा सदस्य संस्थाहरूको हित संरक्षणलाई मुख्य एजेन्डा बनाउँदै पुडासैनीले उम्मेदवारी सार्वजनिक गर्नुभएको हो। उहाँले इक्यानलाई आर्थिक रूपमा अझ व्यवस्थित, उत्तरदायी र सदस्य–मैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


शैक्षिक परामर्श व्यवसायमा लामो समयदेखि सक्रिय पुडासैनी यसअघि एक कार्यकाल इक्यानको कार्यसमिति सदस्यका रूपमा सफलतापूर्वक जिम्मेवारी निभाइसक्नुभएको छ। अघिल्लो कार्यकालको अनुभवले कोषाध्यक्ष पद सम्हाल्न आफू पूर्ण सक्षम रहेको उहाँको दाबी छ।

उम्मेदवारी घोषणा गर्दै पुडासैनीले भन्नुभयो,
संस्थागत सुदृढीकरण र आर्थिक अनुशासन मेरो प्राथमिकता हो। इक्यानलाई थप उचाइमा पुर्‍याउन म प्रतिबद्ध छु।


व्यवस्थापन क्षमता, वित्तीय अनुशासन र संस्थागत सुशासनमा स्पष्ट दृष्टिकोण राख्ने पुडासैनीको उम्मेदवारीलाई इक्यानका सदस्य संस्था तथा शैक्षिक परामर्श व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्। धेरैले उहाँको अनुभव र प्रतिबद्धताले संघको आर्थिक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहँदा साधना पुडासैनीको उम्मेदवारीले कोषाध्यक्ष पदको प्रतिस्पर्धालाई थप अर्थपूर्ण बनाएको छ।

प्रतिक्रिया