काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा तीन फरार प्रतिवादी पक्राउ

khabarday.com

काठमाडौं, भदौ १२ – विभिन्न अदालतहरूले सजाय तोकेका फरार प्रतिवादीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुमा ३२ वर्षीया अम्बिका कुमारी रिजाल (स्थायी ठेगाना: सप्तरी, हाल भक्तपुर), २५ वर्षीय विक्रमकुमार दमाई (स्थायी ठेगाना: सर्लाही, हाल गोठाटार, काठमाडौं) र ४२ वर्षीय जय सिंह भण्डारी (स्थायी ठेगाना: बर्दिया, हाल कागेश्वरी मनोहरा, काठमाडौं) रहेका छन्।


यी सबैलाई अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकेको थियो। लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले फरक–फरक स्थानबाट नियन्त्रणमा लिई अदालतमा पेश गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया