काठमाडौँको सुरक्षा नियन्त्रणबाहिर

khabarday.com

काठमाडौं – राजधानीको सुरक्षा अवस्था नियन्त्रणबाहिर गएको छ। नेता तथा मन्त्रीहरूको घरमा आगजनी भएको छ भने केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी गरिएको छ।

चारवटै सुरक्षा संगठनको नियन्त्रण बाहिर गएको अवस्था देखिएपछि नेताहरूलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइसकेका छन्।

विभिन्न सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ। भैंसेपाटीस्थित मन्त्री क्वाटरभित्र समेत प्रदर्शनकारी प्रवेश गरेका छन्।

प्रतिक्रिया