रास्वपाको माग : ओली, लेखक र गुरुङमाथि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउन सरकारलाई आग्रह

Hari Bahadur Giri

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका तीन शीर्ष नेतामाथि राजनीतिक क्रियाकलापमा रोक लगाउन माग गरेको छ।

पार्टीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भदौ २३ मा भएको घटनामा संलग्न रहेको भन्दै उनीहरूलाई अस्थायी रूपमा राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह गरेको हो।

रास्वपाले दोषीमाथि कडा कारबाही नगरेसम्म सुशासन र न्यायको अपेक्षा पूरा नहुने ठहर गर्दै निष्पक्ष छानबिनसहित तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया