काठमाडौं – देशभर बढिरहेको प्रदर्शन र जनआक्रोशका कारण राजनीतिक नेताहरू भागाभागमा परेको छ। राजधानीका मुख्य नेताहरू आफ्नो निवास र कार्यालयबाट बाहिर नआई गोप्य ठाँउमा सारिएका छन् भने केही मन्त्रीहरूलाई सुरक्षा सुनिश्चित गर्न सरकारी मन्त्रालय र मन्त्री क्वाटरबाट पनि सारीएको जानकारी प्राप्त भएको छ।
प्रदर्शनकारीहरूले नेताहरूको घर र पार्टी कार्यालय घेराउ गरेपछि सुरक्षाकर्मी व्यापक परिचालनमा छन्। सुरक्षा अधिकारीहरूले घटनास्थलको निगरानीका लागि हेलिकोप्टर परिचालन बढाएको बताइएका छन्। काठमाडौं उपत्यकाका आकाशमा हेलिकोप्टर गतिविधि असाधारण रूपमा तीव्र भएको छ।
विशेषज्ञहरूले यो अवस्थालाई जनआक्रोशको चरम अवस्था रहेको बताएका छन्। नागरिकहरूले पनि सडक दबाब जारी राखेर नेताहरूलाई जवाफदेही बनाउन चेतावनी दिएका छन्। अधिकारीहरूले जनतालाई सुरक्षित रहन र आवश्यक सूचना पालना गर्न आग्रह गरेका छन्।