पूर्वराजाको ज्वाईं भन्दै करोडौं ठग्ने सिंहसहित ११ जनाविरुद्ध मुद्दा दर्ता

khabarday.com

२२ पुस, काठमाडौं । नेपाली सेनाको पाइलटदेखि पूर्वराजाको ज्वाईं भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका अनुपकुमार सिंहसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सिंहसहितका व्यक्तिविरुद्ध ठगी र लिखत कीर्तेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा उनीहरुको पेसी परेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटी, तथा साधारण तारेखमा छुट्ने वा पुर्पक्षमा कारागार पठाउने मध्ये एक आदेश आउने छ ।सिंहसहित लङ बहादुर श्रेष्ठ, विनोद श्रेष्ठ, रन्जिता कुमारी चौधरी, प्रमित श्रेष्ठ, सिरिष चन्द, तुलसी गजुरेल, गोविन्द कुमार बम्जन, सरु शाही, बिना सुनवार, अनिता सुनुवारविरुद्ध मुद्दा दायर भएको छ ।

यो समूहले ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा केही दिनअघि ४८ जना युवाको समूह पुगेर बेलायत पठाउने भन्दै करोडौं ठगी भएको बारे उजुरी दिएको थियो ।

प्रतिक्रिया